: कोशी गाउँपालिका-८ भण्टावारीबाट स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ का ५८ वर्षीय राम लखन यादव र भारतको सुपौल छिटही हनुमाननगर-१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।
६ लाख ४८ हजार ७ सय १० नेपाली रुपैयाँ र १२ हजार ९ सय ५० भारतीय रुपैयाँसहित २ शुक्रबार बिहान दुवैजना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।