: श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले सरकारले गर्ने राम्रा काममा आफूहरुको पार्टीले सरकारलाई सँधै साथ दिने बताएका छन् । संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै सांसद राईले श्रम सँस्कृति पार्टीले जहिल्यै विरोध गर्छ भन्ने भ्रम रहेको बताउँदै आफूहरुको पार्टीले विरोध नभई खबरदारी गरेको र खबरदारी र विरोधमा नितान्त फरक रहेको बताए ।
पार्टीको तर्फबाट उपसभामुखमा उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरको नाम प्रस्ताव गर्दै सांस्द राईले श्रम सँस्कृति पार्टी बोल्ने नभई काम गर्ने पार्टी भएको दावी गरे । उनले उपसभामुखमा पार्टीकी ठाकुरलाई समर्थन गरेको संसदको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिएका छन् ।