: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान निरासाको अवस्थालाई तोड्न सरकारले विशेष ध्यान केन्द्रीत भएर काम गर्नुपर्ने बताएका छन्।
संघीय संसदको आज (शुक्रबार) को दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रत्याभूत गर्दै सरकार अगाडि बढ्नु पर्ने बताएका छन् ।
वर्तमान सरकारले विगतका कटुताहरु कोट्याएर नभई त्यसबाट पाठ सिक्दै एकतावद्ध भई अघि बढ्नु पर्ने बताएका छन् । लातान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधिहरु, राजनीतिक दल, राज्य संयन्त्र एकजुट भई अघि बढ्न आग्रह गरेका छन् ।