मुख्य समाचार
मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन–नियम विपरीत नभएको स्पष्ट
मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन–नियम विपरीत नभएको स्पष्ट

: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन–नियम विपरीत नभएको स्पष्ट पारेको छ ।

सरकारले जेनजी आन्दोलनकी घाइते शाहीलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको चैत १ गतेको उक्त निर्णयबारे ऐन नियम विपरीत नभएको प्रष्ट पारेको हो । मन्त्रालयले सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते शाहीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको शैक्षिक वर्ष २०८२/८३ को एमबीबीएस प्रवेश परीक्षामा ७६.६ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेको मन्त्रालयले जनाएको छ । उनको कुल शैक्षिक उपलब्धि ६८६.६५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

सरकारले प्रचलित कानून तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गतको नियमित निःशुल्क छात्रवृत्ति कोटाबाहेक अतिरिक्त ‘विशेष छात्रवृत्ति’ कोटाबाट उनलाई अध्ययनको अवसर दिने निर्णय गरेको छ । यसका लागि आवश्यक बजेट समेत सरकारले व्यवस्था गर्ने जनाएको छ ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका नागरिकलाई राहत उपलब्ध गराउने कार्यविधि, २०८२ अनुसार चिकित्सा शिक्षा आयोगको अनुरोध र मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबैलाई यसबारे जानकारी लिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले उडान ढिला (फ्लाइट डिले) गर्ने एयरलाइन्सहरुलाई फाइन तिराउनु पर्ने बताएका छन् । संघीय संसदको संयुक्त वैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद साम्पाङले उडान ढिलाईका कारण समस्या भोग्नु परेको जानकारी सरकारलाई गराउँदै यस्ता एयरलाइन्सलाई फाइन तिराउनु पर्ने माग गरे । यस्तै उनले दार्चुला पुगेर आउँदा आफू रोएर आएको ...
: वैदेशिक रोजगार विभागले सेवाग्राहीहरूलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने बताएको छ। विभागले हाल ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ। व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै अनलाइन खाताबाट आवेदन दिनुपर्ने व्यवस्था छ। विभागको सूचनामा भनिएको छ, ‘व्यक्तिगत श्रम स्वीकृति ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता एकै पटकमा टुङ्गिने वा आगामी हप्ताहरूमा पनि जारी रहने भन्नेबारे आफू अहिले नै प्रस्ट नभएको बताएका छन् । दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबीच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ। भर्जिनियाको शार्लोट्सभिल प्रस्थान गर्नुअघि विमानमै पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले सदनमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताएका छन्। उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुवीकुमारी ठाकुरलाई सदनमै 'बहिनी' सम्बोधन गरेपछि साम्पाङले सदनमा कोही कसैको बहिनी र नातिनी नभएको बताए।
: जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक आरके दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो। धरान–८ की १४ वर्षीया ...