मुख्य समाचार
सरकार निरंकुश बन्दै जान लागेको आरोप
सरकार निरंकुश बन्दै जान लागेको आरोप

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले सरकारले निजी सञ्चारमाध्यामहरूमाथि सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताएकी हुन् ।

सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरू गर्दै गएको उनको भनाइ छ ।

उनले निजी सञ्चारमाध्यामलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गरिन् ।

उनले ठूलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभए पनि एकपछि अर्को विवादित काम गरे पनि नबोली बस्न नसकेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘भर्खरै मन्त्रिपरिषद्को सचिवालयले सचिवस्तरीयको निर्णय परिपत्र गरेको छ । त्यो परिपत्र आउँदा नआउँदै अत्यन्तै विवादको अवस्थामा आइपुगेको छ । उक्त परिपत्रमा सरकारका सूचना, विज्ञापनहरू सरकारका सञ्चारमाध्यामले मात्रै गर्न पाउने र निजी सञ्चारमाध्यामले गर्न नपाउने भन्ने किसिमको जुन निर्णय गर्‍यो । त्यो अत्यन्तै गलत छ, त्यो अलोकतान्त्रिक छ ।’

उनले पछिल्लो समय महिला तथा किशोरीमाथि पनि साइबर हमला हुने गरेको बताइन् । महिलामाथि हुने साइबर हिंसालाई रोक्न कडा कदम चाल्न उनले सरकारसँग माग पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन् । राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा ...
। प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् । ‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह उहाँ नावालक राजा हुनुभयो । त्यो बेलादेखि सुरु भएको हो ।’ राणा शासन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले सांसदहरूलाई ललितपुरको सम्पदा हेर्ने गरी जान निम्तो गरेका छन् । ‘मेरो निर्वाचन क्षेत्र नम्बर २ मन्दिरै मन्दिरको सहर हो । सम्पदा नै सम्पदाको सहर हो’ उनले बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने । यसको भ्रमण गर्नका लागि उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई समेत आग्रह गरेका छन् । अगाडि भनेका छन्, ...
। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रअघि नै अभिभावकबाट दिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा बुधबार जारी एक विज्ञप्तिमार्फत कानुनविपरीतका शुल्क फिर्ता गर्न निर्देशन दिइएको छ । ‘केही संस्थागत विद्यालयबाट अझै पनि कानुन विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन (संशोधन सहित), २०२८ ...
। युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा (हनी ट्रयाप) पाँच जनाले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश टीकाराम पौडेलको इजलासले पाँच जनालाई सफाइ दिएको हो । जसमा इन्स्पेक्टर बिनु शाही, भीमादेवी थापा, सुस्मा विक, सहायक हवल्दार महेन्द्र हमाल र दर्शन पोखरेललाई सफाइ दिइएको हो । ताज इस्लाम भनिने तजमुल्ल इस्लाम भने दोषी ठहर ...