मुख्य समाचार
मन्त्रालयले शैक्षिक सत्रअघि नै अभिभावकबाट दिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन
मन्त्रालयले शैक्षिक सत्रअघि नै अभिभावकबाट दिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन

। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रअघि नै अभिभावकबाट दिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा बुधबार जारी एक विज्ञप्तिमार्फत कानुनविपरीतका शुल्क फिर्ता गर्न निर्देशन दिइएको छ ।

‘केही संस्थागत विद्यालयबाट अझै पनि कानुन विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन (संशोधन सहित), २०२८ को दफा १६घ (६) बमोजिम गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देश गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले २०८३ को शैक्षिक सत्र १५ वैशाखबाट गर्ने निर्णय गरेको छ । यसअघि १ वैशाखबाट शैक्षिकसत्र सञ्चालन हुने गरेको थियो । शैक्षिक सत्र सुरु हुनअघि भर्ना अभियान चलाउन बन्द गर्न यसअघि नै मन्त्रालयले भनिसकेको छ ।

सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको कार्य सच्याउन चैत २२ गतेकै विज्ञप्तिअनुसार निर्देशन गरिसकेको कुरा बुधबारको विज्ञप्तिमा पनि स्मरण गरिएको छ ।

निर्देशनभन्दा अन्यथा गरेको पाइएमा प्रचलित कानुन बमोजिम थप कारबाही प्रकृया अगाडि बढाउन गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

विद्यार्थीको शुल्कसम्बन्धी गुनासोको रिपोर्टिङ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...