मुख्य समाचार
राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिए
राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिए

: राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । संघीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज उनीहरूलाई शपथ गराएका हुन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि मंगलबार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा सभापति चयन गरेको थियो । राष्ट्रिय सभामा उपाध्यक्ष एमालेलाई र सभापति नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादीलाई दिने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा (हनी ट्रयाप) पाँच जनाले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश टीकाराम पौडेलको इजलासले पाँच जनालाई सफाइ दिएको हो । जसमा इन्स्पेक्टर बिनु शाही, भीमादेवी थापा, सुस्मा विक, सहायक हवल्दार महेन्द्र हमाल र दर्शन पोखरेललाई सफाइ दिइएको हो । ताज इस्लाम भनिने तजमुल्ल इस्लाम भने दोषी ठहर ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकको अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । ‘नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुहोस्’ आईजीपी कार्कीले भने । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले ...
। गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम भए फिर्ता ल्याउन पहल गरिदिन नेपालका लागि स्वीस राजदूतलाई अनुरोध गरेका छन् । आज गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री गुरुङले राजदूत डेनियल मैवलीलाई यस्तो अनुरोध गरेका हुन् । उनले भ्रष्टाचारसँगै अन्य कसुरबाट अवैध रुपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका ...
। कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा ...
। नेपाली कांग्रेसका पूर्वमन्त्री दिपक खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको खुलेको छ । खड्काको पक्राउ विरुद्ध चलेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा लिखित जवाफ पेश गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अख्तियारले पनि खड्कामाथि अनुसन्धान गरिरहेको र त्यसक्रममा केही फाइलहरु खडा भएको विवरण पठाएको हो । विनिता थापाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखेको दावी सहित सर्वोच्च ...