: प्रतिनिधिसभाकी सांसद तारा विश्वकर्माले वर्तमान सरकार विपतपछि नभई विपतअघि नै काम गर्ने हुनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको वैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले आगामी मनसुन अझै जोखिमपूर्ण हुने पूर्वानुमान रहेको बताउँदै धेरै परिवार प्रभावित हुनसक्ने चेतावनी रहेकोे बताएकी छिन् ।
उनले आगामी वर्षायामलाई मध्यनजर गर्दै अहिले नै आपतकालीन बजेट छुट्याउनु पर्ने माग गरिन् । सांसद विश्वकर्माले पूर्व सचेतना प्रणालीलाई सशक्त बनाउनु पर्ने बताइन् । उनले जोखिमयुक्त क्षेत्रमा राहत सामग्री अग्रिमरुपमा व्यवस्थापन गर्न समेत सरकारसँग माग गरिन् ।