मुख्य समाचार
साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त
साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त

: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ ।


राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता पक्षसँग असमझदारी, पारिश्रमिक नपाउनु, कम्पनी बन्द हुनु, काम छोडेर अन्यत्र जानुपर्ने अवस्था सिर्जना हुनु, कानुनी झमेलामा पर्नु तथा स्वास्थ्य समस्या जस्ता कारणले धेरैजसो नेपाली समस्यामा परेका थिए साथै यस्ता समस्याबाट प्रभावित श्रमिकहरूलाई वैधानिक रूपमा स्वदेश फर्काउने उद्देश्यले राजदूतावासले सम्बन्धित निकायसँग आवश्यक समन्वय र प्रक्रिया अगाडि बढाएको थियो र अन्तिम बहिर्गमन भिषा प्राप्त गरेपछि अब उनीहरूले ढिलाइ नगरी स्वदेश फर्किने तयारी गरेको बताए ।

त्यस्तै, आवास अनुमति अवधि सकिएर पनि स्वदेश फर्किन चाहने नेपालीहरूलाई आवश्यक सिफारिसपत्र लिएर सम्बन्धित सरकारी प्रणालीमार्फत प्रक्रिया पूरा गर्न समेत आग्रह गरिएको छ । प्रक्रिया पूरा भएपछि सम्बन्धित निकायबाट सन्देशमार्फत जानकारी आउने र त्यसपछि आवश्यक कागजात पेश गरेपछि अन्तिम अनुमति सुनिश्चित हुने बताइएको छ ।



राजदूतावासले बहिर्गमन भिसा (अनुमति) प्रक्रिया निःशुल्क हुने स्पष्ट पारेको छ भने स्वदेश फर्किने हवाई टिकट भने सम्बन्धित व्यक्तिले आफैं व्यवस्था गर्नुपर्ने जनाएको छ । साथै यात्रा अघि आफ्नो राहदानी विवरण र अनुमतिसम्बन्धी विवरण मिलेको छ कि छैन भन्ने सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।

यदि कसैलाई मोबाइलमा अनुमतिसम्बन्धी सन्देश प्राप्त नभएको अवस्थामा राजदूतावासमा सम्पर्क गरी थप जानकारी लिन सकिने बताइएको छ’ तर सन्देश प्राप्त भइसकेकाहरूले सोही आधारमा विमानस्थलबाट यात्रा गर्न सक्ने समेत जनाइएको छ । राजदूतावासले सबै सम्बन्धित नेपालीहरूलाई समयमै प्रक्रिया पूरा गरी सुरक्षित रूपमा स्वदेश फर्किन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...