: सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि सरकारले विभिन्न कदम चालिसकेको भन्दै उनले आवश्यक परे जोर बिजोर प्रणाली समेत लागू गरिने उल्लेख गरिन् ।