मुख्य समाचार
इरानको गुप्तचर (आइआरजीसी)का प्रमुख माजिद खादेमी अमेरिकी आक्रमणमा मारिए
इरानको गुप्तचर (आइआरजीसी)का प्रमुख माजिद खादेमी अमेरिकी आक्रमणमा मारिए

: इरानको गुप्तचर (आइआरजीसी)का प्रमुख माजिद खादेमी अमेरिकी आक्रमणमा मारिएका छन्। आइआरजीसीलेविज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ। 'माजिद खादेमीको मृत्यु सोमबार बिहान, ६ अप्रिलमा भएको हो,' विज्ञप्तिमा भनिएको छ।


इजरायलका रक्षा मन्त्री र डिफेन्स फोर्स (आइडीएफ)ले खादेमीको हत्या गरेको जिम्मेवारी लिएका छन्। आइडीएफले टेलिग्राममार्फत लेखेको छ कि उनको मृत्यु आइआरजीसीका लागि 'अर्को ठूलो झट्का' हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा ढिलाइ नगर्न चेतावनी समेत दिएका हुन्। ट्रम्पले यदि इरानले दिएको समयसीमा भन्दा पहिले अमेरिकासँग सम्झौता गर्न असफल भयो भने आक्रमण मंगलबार राति पनि हुनसक्ने चेतावनी दिएका छन्। ट्रम्पको सम्झौता अनुसार इरानले विश्वको २०% तेल आपूर्ति ढुवानी गर्ने होर्मुजको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानलाई एकै रातमा ध्वस्त’ पार्ने धम्की दिएपछि युद्ध थप चर्किने संकेत बढेको छ । ट्रम्पले भनेका छन्, यदि इरानले आफूले दिएको समय सीमाभित्र अमेरिकासँग सम्झौता गर्न सकेन भने कारबाही ‘मंगलबार राति पनि हुन सक्छ ।’ ट्रम्पको प्रस्तावअनुसार इरानले होर्मुज जलडमरू खोल्नु पर्नेछ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने ...
: इजरायलले इरानको प्रमुख पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेपछि इरानले प्रस्तावित अस्थायी युद्धविराम अस्वीकार गरेको छ। पश्चिम एसियामा जारी युद्धबीच इजरायलले इरानको दक्षिण पार्स क्षेत्रस्थित महत्वपूर्ण पेट्रोकेमिकल तथा ऊर्जा संरचनामा हवाई आक्रमण गरेको हो। यो आक्रमण इरानको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण मानिने संरचनामा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युद्ध चर्किँदै जाँदा अमेरिका, इजरायल र क्षेत्रीय मध्यस्थकर्ताहरूले अस्थायी ...
: आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरू चन्द्रमाको एकदम नजिक पुगेर र आफ्नो स्पेसक्राफ्टबाट पूर्ण सूर्यग्रहण अवलोकन गरेपछि पृथ्वीतर्फ फर्किरहेका छन् । यस चन्द्र मिशनमा सहभागी अन्तरिक्ष यात्रीहरू शनिबार बिहान भारतीय समय अनुसार करिब साढे पाँच बजे पृथ्वीमा फर्कने छन् । मिशनका कमाण्डर रीड वाइजम्यानले भने, ‘ओरायन स्पेसक्राफ्टको चालक दलले यस्ता दृश्यहरू देखे, जुन आजसम्म कुनै पनि मानिसले ...
: मध्यपूर्वमा जारी द्वन्द्वका कारण सामान्य जनजीवनसँग सम्बन्धित आधारभूत पूर्वाधारहरूलाई पनि निशाना बनाइँदैछ । इजरायलले मंगलबार इरानी सर्वसाधरणलाई रेल यात्रा नगर्न चेतावनी दिएको छ । इरानको माशहदका गभर्नरले भने, ‘देशको रेलमार्गमा इजरायलको तर्फबाट अनैतिक आक्रमणको चेतावनीका कारण र सतर्कताका लागि माशहद रेलको सबै सेवाहरू अर्को सूचना नआउँदासम्म रद्द गरिएका छन् ।’ इरानी मिडियाका रिपोर्ट अनुसार ...