मुख्य समाचार
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण

: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो ।


त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा लेस्टर सिटीबाट ८० मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । उनले युनाइटेडका लागि २६६ खेल खेलेका छन् । २०२२ /२३ मा एएफ कप जितेका थिए ।

क्लबसँगको सम्झौता लम्बाएपछि उनले भने, ‘म्यानचेस्टर युनाइटेडमा खेल्नु मेरा लागि सौभाग्यको विषय हो । यो म र मेरो परिवारको लागि गौरवान्वित विषय हो ।’ म्यागुएर भन्छन्, ‘म यो क्लबसँगको सम्झौता बढाउन पाउँदा निकै खुशी छु । यहाँको वातावरण यहाँका सामर्थकको अगाडि खेल्न र यादगार क्षणहरु बनाउन म निकै उत्साहित छु ।’



उनले क्लवमा केही नराम्रा क्षणहरु पनि बिताए । पहिलो रोजाइमा खेल्न गर्नुपर्ने संघर्ष । पूर्व प्रशिक्षक एरिक टेन हेगले उनलाई कप्तानबाट हटाउँदा उनले क्लब छोड्ने कुराहरु पनि फैलिएका थिए । उनले वेस्ट ह्यामसँग सम्झौता गरेका थिए तर त्यो सफल भने हुन सकेन । उनले अन्तरिम प्रशिक्षक माइकल केरिकको नेतृत्वमा करिअरमा राम्रो कमब्याक गरेका हुन् । गत जनवरी पश्चात उनले प्रायः खेलमा सुरुवाती रोजाइमा स्थान बनाएका छन् । उनले भने, ‘यो क्लबमा हरेक खेलाडी महत्वकांक्षी छन् । यो टिम धेरैभन्दा धेरै उपाधि जित्न चाहन्छ । हाम्रो राम्रो समय अझै आउन बाँकी नै छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...