मुख्य समाचार
मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान
मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान

: सरकारले 'वर्क फ्रम होम' अर्थात् घरबाटै काम गर्न आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो।


सरकारले 'वर्क फ्रम होम' र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन्।

सरकारले यसअघि नै सरकारी कार्यालय र शैक्षिक संस्थानमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउँदै मन्त्री रावलले सवारीसाधनमा पनि जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको बताइन्।



'मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ। पेट्रोलियम पदार्थ खपत कम गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ बाट सुरू, इन्धन कोटाको कटौती गरिसकिएको अवस्था छ। आवश्यक परे जोर बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ। सरकार जनतासँग 'वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ,' मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री रावलले भनिन्।

सरकारले ऊर्जा बचतमा ध्यान दिएकाले जनतालाई पनि संयमित भएर एकसाथ उभिन आग्रह गरेको उनको भनाइ छ। सरकारले आजको बैठकबाट पेट्रोलियम पदार्थको आयातमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंस्थित अमेरिकी दूतावासले ‘युवा परिषद् नेपाल’ (युएसवाइसी) २०२६ सत्रका लागि आवेदन आह्वान गरेको छ। दूतावासले २० देखि ३० वर्ष उमेर समूहका विद्यार्थी तथा प्रारम्भिक करिअरमा रहेका युवाहरूलाई लक्षित गर्दै आवेदन खुलाएको हो। दूतावासका अनुसार ‘स्किल, बिल्ड, लन्च’ नारासहित सञ्चालन हुने यस कार्यक्रममार्फत नेतृत्व विकास, व्यावहारिक सीप अभिवृद्धि तथा पेशागत क्षमता विकासमा जोड दिइनेछ। सहभागी युवाहरूलाई ...
: गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी–बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो ब्यक्त गरे । पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने ...
: काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले क्रिप्टो करेन्सी तथा हुण्डीको कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत हुने गरी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार चितवन रत्ननगर ...
: वसन्तकालीन पर्वतारोहण सिजन सुरु भएसँगै नेपालको हिमाल पर्यटन फेरि तात्न थालेको छ। मार्च महिनामै १८ वटा आरोहण दलका ११४ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्। तीमध्ये ८७ पुरुष र २७ महिला छन्। यही अवधिमा पर्वतारोहण रोयल्टीबापत ६ करोड १३ लाख ६९ हजार २४९ रुपैयाँ राजस्व पनि संकलन भएको छ। पर्यटन विभागको ‘रोयल्टी एन्ड ...
: वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्ति तथा एजेन्टहरूको विवरण अब सरकारले सार्वजनिक रूपमै अनलाइनमा राख्न थालेको छ। वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण गर्ने र नयाँ युवाहरूलाई फस्नबाट जोगाउने उद्देश्यले आरोपीहरूको नामावली विभागको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागले हालै मात्र गत मार्च महिनामा ठगी गरेको आरोप लागेका ३ सय ५२ जनाको ...