मुख्य समाचार
मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको
मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको

: परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन्।


सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले मध्यपूर्वको युद्धका कारण कुनै नेपालीलाई समस्या परे स्वदेश फर्काउन सरकारले सहजीकरण लगायतका कामहरू गम्भीरतापूर्वक गरिरहेको बताए। उनले सहजीकरणका लागि ८८ हजारभन्दा बढीको नाम संकलन भएको जानकारी दिँदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताए।

अहिले युद्धका कारण नभइ नेपालीहरूको भिसा, कामको छुट्टी लगायतका नियमित किसिमका समस्याका कारणहरू देखिएको उनको भनाइ छ।



परराष्ट्रमन्त्री खनालले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाब नदेखिएको बताए। मध्यपूर्वको युद्धका कारण हालः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिँदै मन्त्री खनालले आगामी दिनमा देखिनसक्ने अन्य समस्याका बारेमा अध्ययन भइरहेको बताए।

उनले यस वर्ष मलखादको समस्या पनि देखिनसक्ने भएकाले पूर्व तयारीका लागि समेत सुझावका साथ प्रतिवेदन तयार पारेर मंगलबारसम्म मन्त्रिपरिषद्मा बुझाइने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंस्थित अमेरिकी दूतावासले ‘युवा परिषद् नेपाल’ (युएसवाइसी) २०२६ सत्रका लागि आवेदन आह्वान गरेको छ। दूतावासले २० देखि ३० वर्ष उमेर समूहका विद्यार्थी तथा प्रारम्भिक करिअरमा रहेका युवाहरूलाई लक्षित गर्दै आवेदन खुलाएको हो। दूतावासका अनुसार ‘स्किल, बिल्ड, लन्च’ नारासहित सञ्चालन हुने यस कार्यक्रममार्फत नेतृत्व विकास, व्यावहारिक सीप अभिवृद्धि तथा पेशागत क्षमता विकासमा जोड दिइनेछ। सहभागी युवाहरूलाई ...
: गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी–बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो ब्यक्त गरे । पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने ...
: काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले क्रिप्टो करेन्सी तथा हुण्डीको कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत हुने गरी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार चितवन रत्ननगर ...
: वसन्तकालीन पर्वतारोहण सिजन सुरु भएसँगै नेपालको हिमाल पर्यटन फेरि तात्न थालेको छ। मार्च महिनामै १८ वटा आरोहण दलका ११४ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्। तीमध्ये ८७ पुरुष र २७ महिला छन्। यही अवधिमा पर्वतारोहण रोयल्टीबापत ६ करोड १३ लाख ६९ हजार २४९ रुपैयाँ राजस्व पनि संकलन भएको छ। पर्यटन विभागको ‘रोयल्टी एन्ड ...
: वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्ति तथा एजेन्टहरूको विवरण अब सरकारले सार्वजनिक रूपमै अनलाइनमा राख्न थालेको छ। वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण गर्ने र नयाँ युवाहरूलाई फस्नबाट जोगाउने उद्देश्यले आरोपीहरूको नामावली विभागको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागले हालै मात्र गत मार्च महिनामा ठगी गरेको आरोप लागेका ३ सय ५२ जनाको ...