मुख्य समाचार
इजरायलको चेतावनीपछि इरानमा सबै रेल सेवाहरू बन्द
इजरायलको चेतावनीपछि इरानमा सबै रेल सेवाहरू बन्द

: मध्यपूर्वमा जारी द्वन्द्वका कारण सामान्य जनजीवनसँग सम्बन्धित आधारभूत पूर्वाधारहरूलाई पनि निशाना बनाइँदैछ । इजरायलले मंगलबार इरानी सर्वसाधरणलाई रेल यात्रा नगर्न चेतावनी दिएको छ ।


इरानको माशहदका गभर्नरले भने, ‘देशको रेलमार्गमा इजरायलको तर्फबाट अनैतिक आक्रमणको चेतावनीका कारण र सतर्कताका लागि माशहद रेलको सबै सेवाहरू अर्को सूचना नआउँदासम्म रद्द गरिएका छन् ।’

इरानी मिडियाका रिपोर्ट अनुसार गभर्नर हसन हुसैनीले भनेका छन्, ‘अत्यावश्यक यात्रा गर्नुपर्नेका सडक यातायातको आवश्यक व्यवस्था गरिसकिएको छ ।’ उनीहरूले यस व्यवस्थाबारे अरु विस्तृत जानकारी दिएका छैनन् । यसअघि इजरायल डिफेन्स फोर्सेसले इरानका जनतालाई आज रेल प्रयोग नगर्न चेतावनी दिएका थिए ।

इजरायल डिफेन्स फोर्सेसको फारसी सामाजिक सञ्जालमा भनिएको छ, ‘इरानीहरूले आफ्नो सुरक्षाका लागि देशभर राति ९ बजेसम्म (इरानी समय) रेल प्रयोग नगर्नुहोस् र यात्रा नगर्नुहोस् ।’ पोस्टमा थप भनिएको छ, ‘रेलभित्र बस्नु वा रेलमार्गको नजिक जानु तपाईंको जीवनलाई जोखिममा पार्न सक्छ ।’
इरानका केही क्षेत्र जसमा तेहरानको दक्षिणी भाग पनि समावेश छ ।

रेलका पटरीहरू आवासीय क्षेत्रको नजिक पर्छन् । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज स्ट्रेट खोल्न दिएको समय सीमा २४ घण्टाभन्दा कम समयमा सकिँदैछ । अमेरिकाले इरानका पुलसहितका पूर्वाधारलाई निशाना बनाइने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम