मुख्य समाचार
अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश
अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश

। मध्यपूर्वमा जारी तनावका बीच इरानले अमेरिकाको एक एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्यो । विमान खसेपछि त्यसमा रहेका चालक दलका सदस्यलाई बचाउन अमेरिकी सेनाले ४८ घण्टा लामो अत्यन्तै जोखिमपूर्ण ‘रेस्क्यु अपरेसन’ चलाउनुपर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मिसन सफल भएको र आफ्ना अधिकारीलाई सुरक्षित निकालिएको पुष्टि गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अमेरिकाले साहसिक काम गरेको भन्दै ट्रम्पको प्रशंसा गरेका छन् ।

यद्यपि, यो सफलताका बीच अमेरिकाका लागि केही गम्भीर चुनौती र सन्देशहरू पनि सतहमा आएका छन् ।

के भएको थियो घटना ?

गत शुक्रबार इरानले आफ्नो भूमिमा प्रवेश गरेको अमेरिकाको अत्याधुनिक ‘एफ–१५ ई’ लडाकु विमान खसालेको थियो । आइतबार बिहान राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै एक घाइते पाइलटलाई सुरक्षित उद्धार गरिएको बताएका थिए । उनले यसलाई ‘बहादुरी र कौशलको अद्भुत प्रदर्शन’ भनेका छन् ।

यस अभियानमा इजरायलले पनि सहयोग गरेको बताइएको छ, जसका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पलाई बधाई दिएका छन् ।

यस घटनाले मुख्य चार सन्देश दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ती सन्देशहरु यस्ता छन्–

१. इरान अझै पराजित भएको छैन

अमेरिकी राष्ट्रपतिले यसलाई ठूलो सैन्य विजयका रूपमा प्रस्तुत गरे तापनि, ४८ घण्टासम्म चलेको यो नाटकीय घटनाले इरान अझै पनि अमेरिकालाई ठूलो क्षति पुर्‍याउन सक्षम छ भन्ने देखाएको छ । ५ हप्तादेखि जारी युद्धमा इरानले अमेरिकी विमान खसाल्नुले उसको प्रतिरोध क्षमता जीवितै रहेको प्रमाणित गर्छ ।

२. इरानको जमिनमा ओर्लिनु सहज छैन

इरानले खसालेको अमेरिकाको ‘एफ–१५ ई’ विमानका एक पाइलटलाई बचाउन अमेरिकाले आफ्नै दुईवटा विमान नष्ट गर्नुपरेको थियो । ह्वाइट हाउसले इरानको खार्ग टापु कब्जा गर्ने वा जमिनमुनि रहेको युरेनियम भण्डार नियन्त्रणमा लिने योजना बनाइरहेका बेला यो घटनाले इरानको जमिनमा ओर्लिन अमेरिकालाई कति महँगो पर्नसक्छ भन्ने संकेत गर्दछ ।

३. अमेरिकी विमान खसालिनु एक दुर्लभ र ठूलो मनोवैज्ञानिक धक्का

सन् २००३ को इराक युद्धपछि पहिलो पटक शत्रु राष्ट्रले अमेरिकी युद्धक विमान खसालेको हो । अमेरिका र इजरायलको तुलनामा इरान कमजोर मानिए पनि, २३ वर्षपछि अमेरिकी विमान खसाल्न सफल हुनुले विश्वभर एउटा नयाँ न्यारेटिभ स्थापित गरिदिएको छ । यसबाट अमेरिकी विमान खसालिनु एक दुर्लभ र ठूलो मनोवैज्ञानिक धक्का भएको टिप्पणी हुने गरेको छ ।

४. अमेरिकी–इजरायली वायुसेनाको सुरक्षा रणनीतिमा प्रश्न

अहिले अमेरिका र इजरायलले इरानमा दैनिक ३०० देखि ५०० पटक बमबारी गरिरहेका छन् । तर, एफ–१५ ई जस्तो शक्तिशाली विमान खसालिएपछि उनीहरूको हवाई वर्चस्व अजेय नरहेको स्पष्ट भएको छ । यो घटनाले अमेरिकी र इजरायली वायुसेनाको सुरक्षा रणनीतिमाथि प्रश्न उठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सोमबार ओभल अफिसमा सैन्य कमाण्डरहरूसँग पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । यो घटनाले मध्यपूर्वको युद्धलाई थप जटिल र आक्रामक मोडमा लैजाने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम