। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।
पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका भट्टलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । जसका लागि साँझ ५ बजेको समय तय गरिएको छ ।
गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्री शाहले सम्हालिरहेका थिए ।
आर्थिक विवादमा परेपछि तत्कालीन वनमन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।