मुख्य समाचार
सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताए
सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताए

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘हामी यहाँ शासन होइन, सेवा गर्न आएका छौँ भन्ने भावनाले हरेक कदमलाई मार्गनिर्देश गर्नुपर्नेछ । विचारमा भिन्नता स्वाभाविक हो,’ उनले भनिन्, ‘राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ । प्रतिस्पर्धा रहोस्, तर द्वन्द्व होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं ...
। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ । विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस ...
। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । ‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र ...
। कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र ...
। राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो । ‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको छ । यसतर्फ सम्माननीयज्यूमार्फत म ...