मुख्य समाचार
पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने
पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने

— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई सुनुवाइ स्थगन गरेको थियो । ‘अब अदालतको प्रतीक्षा पनि सकियो । अर्को तारिख कुरेर पार्टीलाई थप क्षति हुन दिन हुन्न । पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्छ,’ अघिल्लो केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री रहेका जीवन परियारले भने ।

परियारले आफूहरू एकताकै पक्षमा रहेको र एकताका लागि संवादको नेतृत्व सभापति गगन थापाले लिनुपर्ने बताए । उनले थपे, ‘शेखर कोइरालाले पनि पार्टी एकताकै लागि आफू संघर्षरत रहेको बताउँदै आउनुभएको छ । अलग्गिएर होइन, सम्पूर्ण एकतामा मात्रै पार्टीको भविष्य छ ।’

२७–३० पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले २ माघमा मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४ माघमा सर्वोच्चमा रिट हालेका थिए । त्यही मुद्दाको पेसी आइतबार तोकिएको थियो । निर्वाचन पछाडि देउवा पक्षले संस्थागत रूपमै समानान्तर गतिविधि चलाउँदै आएपछि कांग्रेसभित्र विवाद चुलिएको थियो । केन्द्रीय अनुशासन समितिले १८ चैतमा खड्कालाई सचेत गराउने र समानान्तर गतिविधि दोहोरिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

ads/samsung-s26-desk-2032026113308.jpg
Koirala's side will not attend the parallel meeting called by Khadka.
तस्बिर : दीपक केसी/कान्तिपुर
खड्काले निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनेर १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भनेर गत साता धुम्बाराहीमा बैठक राखेका थिए । कोइरालाकै असहमतिले उक्त बैठक अनौपचारिक भेलामा परिणत भएको थियो । ‘समानान्तर बैठकका नाममा ब्यानर राख्न दिएनौं । यसबाट कुनै पनि निर्णय भनेर बाहिर ल्याउन दिएनौं,’ कोइराला पक्षकै अर्का एक नेताले भने, ‘अब कार्यवाहकको हैसियतमा बोलाइने कुनै पनि छलफलमा पनि हामी सहभागी हुँदैनौं । आवश्यक परे कोइरालालाई बैठक बोलाउनुहोस् भनेका छौं ।’

देउवा पक्षको ‘कोर समूह’ भित्र पनि एकताका लागि दबाब सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा भोटसमेत नहालेर १३ फागुनमा सिंगापुर गएका देउवा अझै फर्केका छैनन् । उनले त्यतैबाट गुट चलाउँदै आएका छन् र त्यसको नेतृत्व यता खड्काले गर्दै आएका छन् । उनीनिकट नेताहरूका अनुसार गत साता नै नेपाल फर्कने योजना रहेकामा मुलुकको पछिल्लो घटनाक्रमका कारण केही दिन बसाइ लम्बिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...
— बिस्का जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्रीवितरण र ओसारपसामा रोक लगाइएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला पशासन कार्यालयले यस्तो निर्णय गरेको हो । कार्यालयमा आज जात्रासँग सरोकार राख्ने निकायसँगको बैठकले जात्रा अवधिभर मादकपदार्थ बिक्रीवितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो । बिस्का जात्रामा हुलदंगा तथा झैझगडा गरे जात्रा अवधि भर हिरासतमा राखेर मुद्दा ...