: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नव निर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । आइतबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सबैलाई न्याय हुने गरी नव निर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सबै दललाई समान व्यवहार हुने उल्लेख गरे । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ । अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दावी रहेको भन्दै आफूहरु छलफलमा नै रहेको बताए ।