: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) ले एन्फालाई सात दिनभित्र एन्फाको निर्वाचन प्रक्रिया अघि नबढाएको खण्डमा एन्फाको निर्वाचन प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
फिफा र एएफसीले राखेपद्वारा लगाइएको निलम्बन फुकुवा गरी एन्फालाई निर्वाचनको वातावरण मिलाउन पत्रमा उल्लेख गरिएको छ । फिफा र एएफसीले शनिबार एन्फा महासचिव किरण राईलाई इमेलमार्फत पत्राचार गरेको हो ।
एन्फाको व्यवस्थापनमा स्वतन्त्र रुपमा काम गर्न हस्तक्षेप भएको भन्दै फिफा र एएफसीले पत्र पठाएको हो । यदि एन्फा निलम्बनमा परेको खण्डमा फिफा विधानअनुसार नेपालले फिफा तथा एएफसीको विकास कोषहरुमा पहुँच तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गुम्ने पत्रमा उल्लेख गरिएको छ ।