: वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरू हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरू गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरू गर्ने निर्णय भएको जानकारी दिए।
यसअघि शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरू हुने गरेको थियो।