मुख्य समाचार
लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

: झापाको भद्रपुरमा ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय अनमोल गजमेर रहेका छन्।


भद्रपुर नगरपालिका–४ डाँगीबारीस्थित लुखिराम मर्डीको घरमा लागुऔषध ओसारपसार तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमान्डमा खटिएको टोलीले आज दिउँसो साढे १ बजे छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो।

प्रहरीले लुखिरामको घर बाहिर कम्पाउन्डमा टिनको डिब्बाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिक बाहेक २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर, नगद ३ लाख २५० तथा विदेशी मुद्रा अमेरिकी डलर ७५, पाकिस्तानी रुपैयाँ ५०, अस्ट्रेलियन डलर ५ र भारतीय रुपैयाँ ५३० बरामद गरेको छ।



प्रहरीका अनुसार पक्राउ परेका बब्लु लामो समयदेखि बाउन सुगरको कारोबारी गर्दै आइरहेका थिए। बब्लुसँग ब्राउन सुगर खरिद गर्न अनमोल त्यहाँ पुगेका थिए। बिर्तामोड स्थायी ठेगाना भएका अनमोल काठमाडौँ बस्दै आएका छन्। उनी आज बिहान प्लेन चढेर भद्रपुर आएको र ब्राउन सुगर खरिद गरी काठमाडौं फर्किने योजनामा थिए।

अनमोलकै साथबाट नगद र विदेशी मुद्रा फेला परेको हो। बब्लु भने सीमा पारीको भारतीय बजार गलगलिया क्षेत्रबाट ब्राउन सुगर ल्याएर नेपालमा बिक्री वितरण गर्दै आइरहेका थिए। यता पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...