मुख्य समाचार
ट्रम्पले दिएको पछिल्लो धम्कीपछि इरानको 'खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर'ले कडा प्रतिक्रिया
ट्रम्पले दिएको पछिल्लो धम्कीपछि इरानको 'खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर'ले कडा प्रतिक्रिया

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको पछिल्लो धम्कीपछि इरानको 'खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर'ले कडा प्रतिक्रिया दिएको छ। इरानले अमेरिकी हमलाको स्थितिमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हाे।


शनिबार ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्नका लागि १० दिनको समय दिएको स्मरण गराएका थिए। उनले भनेका थिए, 'समय सकिन लागेको छ। उनीहरूमाथि कहर बर्सिन अब मात्र ४८ घण्टा बाँकी छ।' ट्रम्पको यो भनाइले खाडी क्षेत्रमा युद्धको सम्भावनालाई झनै बलियो बनाएको छ।

ट्रम्पको धम्की सार्वजनिक भएलगत्तै इरानको 'खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर' ले कडा प्रतिक्रिया दिएको छ। बीबीसी फारसी सेवाका अनुसार मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिकी हमला भएमा त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन्।



जनरल अब्दुल्लाहीले चेतावनी दिँदै भनेका छन्, 'यदि अमेरिकाले हमला गरेमा हामी उसको 'आतंकवादी सेना' र जायोनी शासन (इजरायल) सँग सम्बन्धित सबै पूर्वाधारहरूमा निरन्तर प्रहार गर्नेछौँ।' उनले अगाडि थपे, 'हामीले जे भनेका छौँ, त्यो गरेर देखाएका छौँ। यो सन्देशको सीधा अर्थ हो- तिम्रा लागि अब नर्कको ढोका खुल्नेछ।'

त्यस्तै, मुख्यालयका प्रवक्ता कर्नल इब्राहिम जुल्फकारीले पनि एक भिडियो सन्देश जारी गर्दै इरानलाई हराउने भ्रममा नपर्न अमेरिकालाई चेतावनी दिएका छन्। उनले भनेका छन्, 'यदि दुष्टता फैलियो भने यो पूरा क्षेत्र तिम्रा लागि नर्क बन्नेछ। इरानको हारको भ्रम तिम्रा लागि एउटा यस्तो दलदल बन्नेछ, जसमा तिमी आफैँ डुब्नेछौ।'

ट्रम्पले दिएको ४८ घण्टाको समयसीमा नजिकिँदै गर्दा विश्व समुदायको ध्यान अहिले खाडी क्षेत्रमा केन्द्रित भएको छ। अमेरिका र इरानबीचको यो वाकयुद्धले कुनै पनि बेला भौतिक सैन्य मुठभेडको रूप लिन सक्ने भन्दै चिन्ता जन्माएकाे छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...