: राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारीलाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिने संसद् सचिवालयले जनाएको छ।
आइतबार उपाध्यक्ष पदको उम्मेदवारीको प्रस्ताव दर्ताको समयभित्र एमाले सांसद भण्डारीको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी हुन्।
भण्डारीको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दंगाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी थिए ।