मुख्य समाचार
७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी
७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी

। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले शनिबार एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुन: सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् । निर्धारित समयमा निर्वाचन नगरे निलम्बन प्रक्रिया थालिने प्रस्ट चेतावनी छ ।

‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ,’ पत्रमा भनिएको छ ।

राखेपको निलम्बनले एन्फालाई आफ्नो मामिलामा स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोकेको समेत उक्त पत्रमा उल्लेख छ । फिफाबाट निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने, फिफा, एएफसी विकास कोषमा पहुँच र अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्पर्क कायम राख्न निषेध गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।

स्वीकृतिविना नै निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चैत १२ गते एन्फालाई ३ महिनासम्मका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फाले नेतृत्वले चैत १३ गते तय गरिएको निर्वाचन स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...