मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

। सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका-२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसा आज बिहान ८ बजेको समयमा रा६प ५५२७ नम्बरको मोटरसाइकल र रा३प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा १८ वर्षीय साइमन सेन ठकुरी, १८ वर्षकै अर्पण शाह ठकुरी र १६ वर्षीय हिमाल चन्द घाइते भएका छन् । साइमनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल रिफर गरिएको छ ।

घाइते भएका अर्पण र हिमाल एसईई दिइरहेका विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्व प्रधानमन्त्री ले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयको समर्थन गरेका छन् । सरकारले पेट्रोलियम पदार्थको अभावलाई हेरेर आजको मन्त्रिपरिषद् बैठकबाट हप्तामा दुई दिन(शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि फेसबुकमा टिप्पणी गर्दै भट्टराईले त्यो निर्णय वैज्ञानिक रहेको तर्क गर्दै स्थायी रूपमै लागु गर्न उपयुक्त हुने बताएका ...
। जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर घटाएर पनि मूल्यवृद्धि रोक्न सुझाव दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत लिङ्देनले आफूले विरोध नगरेर सुझाव मात्रै दिएको बताएका हुन् । ‘विरोध होइन सुझाव– पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भएपनि जनतालाई राहत दिने,’ उनले लेखेका छन्, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको नाममा हवाई ...
। प्रधानसेनापति अशोकराज सिग्देलले भूतपूर्व सैनिकको सञ्जाल वडा तहसम्म विस्तार गर्ने काम तीव्र गतिमा अघि बढाइने बताएका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा आइतबार भएको ‘नेपाली सेना भूपू सैैनिक सम्मेलन २०८२’ कार्यक्रममा बोल्दै प्रधानसेनापति सिग्देलले वडा तहसम्म भूतपूर्व सैनिकको सञ्जाल विस्तार गरिने बताएका हुन् । ‘नेपाली सेनाको कल्याणकारी बोर्डले देशभर रहेका हितकारी कार्यहरूलाई एउटै छातामुनि ...
। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कँडेलले आइतबार साढे ४ बजे कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन् । कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गरेको थियो ।