। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन् ।
डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ’ उनले भनिन् ।
यसका लागि सरकार र संसदबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उनले बताइन् ।
युवाहरूको आशा सम्बेधन गर्ने गरी संसद्ले काम गर्नुपर्ने उनले बताइन् ।
अनावश्यक विवादमा नअल्झिएर काम गर्नुपर्ने र यसका लागि सरकार संसद दुवै जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।
सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।