मुख्य समाचार
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु

। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । ‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुनेछ,’ योगेशले भने ।


अघिल्लो पटक २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरी गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको थियो । सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्ने गरी गत साउनमा नयाँ ठेक्का खुलाइएको थियो । नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भई १४ महिनाको अवधि तोकेर नयाँ ठेक्का लगाइएको छ । यस ठेक्का अनुसार बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी सिएम एवन काली जेभीले ठेक्का पाएको थियो ।


ठेक्का पाएको सिएम एवन काली जेभीका कन्ट्याक्ट् म्यानेजर राजन योगलले तोकिएकै समय भित्र काम सकिने दावी गरे । ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने उनले बताए ।

उक्त सडक नेपालको उत्तरी छिमेकी चीनसँगको छोटो दुरीको नाका कोदारी लगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुंगा लगायतका स्थानमा जान प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्व प्रधानमन्त्री ले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयको समर्थन गरेका छन् । सरकारले पेट्रोलियम पदार्थको अभावलाई हेरेर आजको मन्त्रिपरिषद् बैठकबाट हप्तामा दुई दिन(शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि फेसबुकमा टिप्पणी गर्दै भट्टराईले त्यो निर्णय वैज्ञानिक रहेको तर्क गर्दै स्थायी रूपमै लागु गर्न उपयुक्त हुने बताएका ...
। जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर घटाएर पनि मूल्यवृद्धि रोक्न सुझाव दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत लिङ्देनले आफूले विरोध नगरेर सुझाव मात्रै दिएको बताएका हुन् । ‘विरोध होइन सुझाव– पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भएपनि जनतालाई राहत दिने,’ उनले लेखेका छन्, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको नाममा हवाई ...
। प्रधानसेनापति अशोकराज सिग्देलले भूतपूर्व सैनिकको सञ्जाल वडा तहसम्म विस्तार गर्ने काम तीव्र गतिमा अघि बढाइने बताएका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा आइतबार भएको ‘नेपाली सेना भूपू सैैनिक सम्मेलन २०८२’ कार्यक्रममा बोल्दै प्रधानसेनापति सिग्देलले वडा तहसम्म भूतपूर्व सैनिकको सञ्जाल विस्तार गरिने बताएका हुन् । ‘नेपाली सेनाको कल्याणकारी बोर्डले देशभर रहेका हितकारी कार्यहरूलाई एउटै छातामुनि ...
। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कँडेलले आइतबार साढे ४ बजे कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन् । कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गरेको थियो ।