मुख्य समाचार
ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई
ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई

। ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको हो ।


शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो ।

ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।

यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दु:ख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् ।

ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्‍यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिकार कार्यकापालिका दुवैमा नयाँ राजनीतिक शक्ति रास्वपाको उदय भएको छ । करिब दुईतिहाइ मतसहितको व्यवस्थापिकाको बलमा रास्वपाकै वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनिकेको छ । अब आजबाट व्यवस्थापिकाको नेतृत्व पनि वैधानिक ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन् । डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ’ उनले भनिन् । यसका लागि सरकार ...
। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । कैलालीको अत्तरियामा आइतबार आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले अपराध तथा चोरी, तस्करीमा संलग्न कुनै पनि व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘अपराधी र ...
। नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले ललितपुुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले संसद्को नेतृत्व असल ढंगले गर्ने विश्वास व्यक्त गरेका छन् । ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । सभामुखमा अर्यालको समर्थनमा बोल्दै उनलेअर्यालले मन्त्रीको रुपमा कार्यकारी भूमिका समेत ...