मुख्य समाचार
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको

। नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।




परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताएका हुन् ।

‘हामी फरक राजनीतिक पृष्ठभुमिका बोलेका फरक राजनीतिक पार्टीहरू पनि छौ । थुप्रै दलहरू छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ । उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकी नै छ,’ उनले भनेका छन् ।




साथै, उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

दलहरूबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाइ थियो ।

‘नेपाल भित्र चलखेल हुने सम्भावना छ । हाम्रो भूराजनीतिक संवेदनशीलता बढेर जान खोजेको छ । यतिबेला गर्ने के ? यतिबेला सबैभन्दा गर्ने काम के हो भने पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो । राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रुपमा प्रतिष्पर्धा गरौँ, विवाद गरौ । सबै चिज गरौं,’ भट्टराईले भने, ‘यो संवेदनशील विश्व व्यवस्था आइसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि हामी सबैले पहल लिनु आवश्यक छ । त्यो पहल आन्तरिक सम्वादबाटै अगाडि बढाइनु पर्छ । हाम्रा केही केही मान्यताहरू फरक हुन सक्छन् । हिजो देखि फरक मान्यता बोकि आएका कारण हामी फरक फरक ठाउँमा उभिने स्थिति बन्नसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन् । डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ’ उनले भनिन् । यसका लागि सरकार ...
। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । कैलालीको अत्तरियामा आइतबार आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले अपराध तथा चोरी, तस्करीमा संलग्न कुनै पनि व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘अपराधी र ...
। नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले ललितपुुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले संसद्को नेतृत्व असल ढंगले गर्ने विश्वास व्यक्त गरेका छन् । ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । सभामुखमा अर्यालको समर्थनमा बोल्दै उनलेअर्यालले मन्त्रीको रुपमा कार्यकारी भूमिका समेत ...
। कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् । अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई ...