मुख्य समाचार
पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु
पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

। रोल्पाको थबाङ गाउँपालिकामा पानी ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३८३४ नम्बरको पानी ट्यांकर शनिबार साँझ करिब ६:१० बजेको समयमा थवाङ बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । कैलालीको अत्तरियामा आइतबार आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले अपराध तथा चोरी, तस्करीमा संलग्न कुनै पनि व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘अपराधी र ...
। नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले ललितपुुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले संसद्को नेतृत्व असल ढंगले गर्ने विश्वास व्यक्त गरेका छन् । ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । सभामुखमा अर्यालको समर्थनमा बोल्दै उनलेअर्यालले मन्त्रीको रुपमा कार्यकारी भूमिका समेत ...
। कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् । अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई ...
। प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने । रविको प्रस्तावमा डा. ...