मुख्य समाचार
कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताए
कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताए

। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् ।

नेता कोइराला संस्थापनइतर समूहमा रहेको समाचार संप्रेषण भइरहेका बेला आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टीकरण दिएका हुन् ।




शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए ।

उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए । कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोइरालाको भनाइ थियो ।




उनले भने, ‘नेपाली कांग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । त्यो तपाईंहरु ढुक्क हुनुहोस् । म कुनै यो ग्रुपमा, त्यो ग्रुपमा छैन ।’

त्यस अवसरमा कांग्रेस नेता कोइरालाले विपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुको विशेष योगदान रहन सक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । कैलालीको अत्तरियामा आइतबार आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले अपराध तथा चोरी, तस्करीमा संलग्न कुनै पनि व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘अपराधी र ...
। नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले ललितपुुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले संसद्को नेतृत्व असल ढंगले गर्ने विश्वास व्यक्त गरेका छन् । ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । सभामुखमा अर्यालको समर्थनमा बोल्दै उनलेअर्यालले मन्त्रीको रुपमा कार्यकारी भूमिका समेत ...
। कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् । अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई ...
। प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने । रविको प्रस्तावमा डा. ...