मुख्य समाचार
घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल
घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल

। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । उनले यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको बताए ।

राजदूत क्षेत्रीले घाइते नेपालीहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको बताए । ‘औपचारिक रूपमा जानकारीमा आएको छैन् । हामीले पनि यहाँको सरकारी मिडियाले सातजना नेपाली घाइते भएको उल्लेख गरेपछि थाहा पाएका हौं’, राजदूत क्षेत्रीले भने, ‘सोही आधारमा हामीले के भएको हो ? घाइतेहरुको अवस्था कस्तो छ ? उनीहरुको विवरण माग गरेर यहाँको विदेश मन्त्रालयलाई पत्र पठाई सोधेका छौं ।’

त्यहाँको विदेश मन्त्रालयबाट आफूहरूको पत्रको जवाफ प्राप्त भइनसकेको र सोमबारसम्ममा जानकारी प्राप्त हुन सक्ने बताए । ‘शुक्रबार घटना भएको थियो । आज र भोली बिदा भयो । अब सोमबार केही जानकारी आउँछ होला’, राजदूत क्षेत्रीले भने ।

शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो । जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए । घाइतेमध्ये एक जना नेपालीको अवस्था गम्भीर रहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

हवाई रक्षा प्रणालीले हवाई खतराहरूलाई सफलतापूर्वक रोक्ने क्रममा अबुधावीका केही भागमा भग्नावशेष खसेपछि उक्त घटना हुन पुगेको थियो । यूएईको वायु रक्षा प्रणालीले इरानबाट आउने क्षेप्यास्त्र तथा ड्रोनलाई अवरोध गर्दै आएको छ । तर, शुक्रबार अवरोध गर्ने क्रममा त्यसका अवशेषहरु अजबान क्षेत्रमा खसेको थियो । घटना लगत्तै अबुधाबीका अधिकारीहरूले आपतकालीन प्रतिक्रिया टोलीहरूले प्रभावित क्षेत्रहरूलाई सुरक्षित गर्न र घाइतेहरूलाई चिकित्सा सहायता प्रदान गर्न द्रुत गतिमा काम गरेका थिए ।

यसअघि पनि मार्च १९ मा यस्तै अवरोधपछि क्षेप्यास्त्रका अवशेष खस्दा हब्शान ग्यास सुविधा अस्थायी रूपमा बन्द गरिएको थियो । यूएईको विदेश मन्त्रालयले हब्शान ग्यास सुविधा र बाब फिल्डलाई लक्षित गर्दै गरिएको इरानी आक्रमणको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...