मुख्य समाचार
लिभरपुललाई ४–० ले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश
लिभरपुललाई ४–० ले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

। एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा लिभरपुललाई ४–० ले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको क्वार्टरफाइनल खेलमा पहिलो ३०–३५ मिनेटको खेल प्रतिस्पर्धात्मक देखिए पनि त्यसपछि सिटीले खेलमा पूर्ण नियन्त्रण जमायो।

हालान्डले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपेपछि सिटी २–० ले अघि रह्यो।

दोस्रो हाफ सुरु भएको केहीबेरमै सिटीले आफ्नो आक्रामक खेललाई जारी राख्यो। ५०औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै अग्रता ३–० पुर्‍याए।

त्यसपछि ५७औं मिनेटमा हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र सिटीलाई ४–० को फराकिलो जित दिलाए।

खेलपछि हालान्डले टोलीको प्रदर्शन उत्कृष्ट रहेको भन्दै आफू ह्याट्रिक गर्न पाउँदा निकै खुशी भएको बताए।

उनले पहिलो हाफको सुरुआतमा केही कठिन भए पनि ३० मिनेटपछि टोलीले राम्रो लय समातेको प्रतिक्रिया दिए

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...