मुख्य समाचार
अहिले बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई अमेरिकाको कठपुतली सरकारको भएको टिप्पणी
अहिले बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई अमेरिकाको कठपुतली सरकारको भएको टिप्पणी

। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले अहिले बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई अमेरिकाको कठपुतली सरकारको भएको टिप्पणी गरेका छन् । शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सिंहले प्रस्तुत गरेको अवधारणापत्रमा बालेन सरकारको परराष्ट्र नीतिमार्फत तमाम प्रश्न र शंका व्यक्त गरिएका छन् ।

‘यो स्पष्ट छ कि अहिलेको नेपाल सरकार अमेरिकाको कठपुतली सरकार हो,’ सिंहको अवधारणापत्रमा भनिएको छ, ‘यसकारण त्यो नेपालको राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिने, नेपालको तटस्थ परराष्ट्र नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने, नेपालको राष्ट्रियता वा राष्ट्रिय हितको अतिक्रमण गर्ने देशहरूका विरुद्ध दृढतापर्वक अडान लिने वा विश्वस्तरमा युद्धको विरोध र शान्तिका पक्षमा आवाज उठाउने सम्भावना कमै देखिन्छ ।’

कुनै देशमा वा सरकारमा देशभक्तिको भावनामा कमी देखिए अर्को देशसित राष्ट्रिय हितहरूको सौदावाजी गर्न थाल्ने उनले उल्लेख गरेका छन् । ‘आज देशमा जुन प्रकारको कठपुतली सरकार बनेको छ, त्यसबाट राष्ट्रिय हितमा गम्भीर प्रकारको आँच पुग्ने खतरा नै बढ्दछ,’ सिंहको अवधारणापत्रमा भनिएको छ ।

नेपालमा यसअघिका सत्ताधारी दलले पनि अमेरिकापरस्त नीति नै अपनाउदै आएको सिंहको टिप्पणी छ । एमसीसी पास गरेको विषयका आधारमा त्यो तथ्यमा शंका गर्न नपर्ने उनले बताएका छन् ।

‘तर, उनीहरूले चीनप्रति पनि मैत्रीपूर्ण नीतिहरू अपनाउदै आएका थिए । अर्कातिर, उनीहरूले एक चीनको नीतिलाई समर्थन गरेका थिए र त्यसले गर्दा उनीहरू स्वतन्त्र तिब्बतको पक्षमा थिएनन्,’ उनले लेखेका छन् ।

त्यसैले नै उनीहरूको ‘सत्तालाई उखेलेर नेपालमा आफ्नो कठपुतली सरकार बनाउनुपर्ने आवश्यकता’ अमेरिकालाई रहेको उनले दाबी गरेका छन् ।

जेनजी आन्दोलन लगत्तै बनेको अन्तरिम सरकारलाई दलाई लामाले शुभकामना र अहिले चुनाव पछि बनेको सरकारलाई दलाई लामाका प्रतिनिधिले पठाएको शुभकामनासमेतबाट नेपालका घटनाक्रम अमेरिकाको रणनीतिद्वारा प्रभावित भएको कुरामा कुनै शंका नहरेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् । अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई ...
। प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने । रविको प्रस्तावमा डा. ...
। सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् । कँडेल ...
। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट प्रभावित भएका ८३ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको छ । नगरपालिकाले गत चैत २ गते साँझ आएको हावाहुरीका कारण घरको छानामा पूर्णरुपमा क्षति पुगेका प्रभावितलाई चैत २१ गते जस्ता पाता प्रदान गरेको हो । हावाहुरीले छाना उडाइदिएपछि छानाविहीन घरमा बस्न बाध्य नागरिकलाई घरको ‘साइज’ अनुसार आवश्यक जस्ता प्रदान गरिएको हलेसी तुवाचुङ ...
। नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।