मुख्य समाचार
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित

। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ । शनिबार राति अहमदाबादमा सम्पन्न खेलमा राजस्थान ६ रनले विजयी भएको हो ।

राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो । एक समय ११औं ओभरमा १०७-१ को अवस्थामा भएको गुजरातले त्यसपछि ५४ रनको बीचमा ६ विकेट गुमाएर १६१-७ को अवस्थामा पुगेको थियो ।

त्यहाँबाट राशिद खान र कगिसो रबाडा मिलेर ४३ रनको साझेदारी गर्दै जितको नजिक पुर्‍याएपनि पर्याप्त भएन । अन्तिम २ ओभरमा १५ रन चाहिँदा जोफ्रा आर्चरले ४ रन मात्र दिए भने अन्तिम ओभरमा तुषार देशपान्डेले पनि ४ रन मात्र दिएर राशिदलाई आउट गरे ।

ओपनर साइ सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जस बट्लरले २६ रन बनाए भने राशिद खानले २४ रन बनाउँदा कगिसो रबाडाले अविजित २३ रन बनाए ।

राजस्थानका लागि रवि बिश्नोईले ४ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । नान्द्रे बर्गर, तुषार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । ध्रुव जुरेलले ४२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

ओपनरद्वय यशश्वी जैसवालले ५५ तथा वैभव सूर्यवंशीले ३१ रन बनाए । शिम्रोन हेटमायरले १८ रन बनाए ।

गुजरातका लागि कगिसो रबाडाले २ विकेट लिँदा प्रसिध कृष्णा, अशोक शर्मा, राशिद खान र मोहम्मद सिराजले १-१ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्षस्थानमा फर्किएको छ । लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहेर सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम