मुख्य समाचार
सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने
सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने

। संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् । अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई ...
। प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने । रविको प्रस्तावमा डा. ...
। सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् । कँडेल ...
। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट प्रभावित भएका ८३ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको छ । नगरपालिकाले गत चैत २ गते साँझ आएको हावाहुरीका कारण घरको छानामा पूर्णरुपमा क्षति पुगेका प्रभावितलाई चैत २१ गते जस्ता पाता प्रदान गरेको हो । हावाहुरीले छाना उडाइदिएपछि छानाविहीन घरमा बस्न बाध्य नागरिकलाई घरको ‘साइज’ अनुसार आवश्यक जस्ता प्रदान गरिएको हलेसी तुवाचुङ ...
। नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।