मुख्य समाचार
एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग
एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग

। नेकपा एमालेले सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको हो ।

‘सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको निर्णयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै उपमहासचिव लेखराज भट्टले भने ।

साथै, उक्त निर्णयले वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको एमालेले बताएको छ ।

‘बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ । यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ,’ एमालेले निर्णयमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् । ‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको ...
। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् । आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।
। भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरी ६० जनालाई पक्राउ गरेको जनाएको छ । चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जना पक्राउ गरेको जनाएको छ । मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्दै आएको छ । सोही क्रममा एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी ...
। प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको हो । आज बसेको सभाको बैठकमा सभामुखको निर्वाचनको मिति तय भएके थियो । त्यसअनुसार ...
। ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन ...