मुख्य समाचार
कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ
कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

। ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए ।

पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।

कुमार घैंटे समूहका सदस्य

प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

उनलाई हत्कडीसहित ठमेल घुमाउने बेला काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की थिए । अहिले उनी नेपाल प्रहरीको महानिरीक्षक छन् । प्रहरी अधिकारीहरुका अनुसार २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

२०८२ साउनमा उनी ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन ...
। नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिरूसँग अन्तरसंवाद गरेको छ । कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको हो । ‘हामीले प्रतिनिधि नेता साथीहरूलाई उहाँहरूको जिम्मेवारी के हो, जिल्लामा गएर गर्ने के हो, त्यसको बारेमा आज हामीले जानकारीमूलक कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न गरेका छौं,’ ...
। सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो । दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल स्थानीय आर.के. मेडिसिटीमा ...
। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छुटाउन भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन् । ७४ वर्षीय ओली वृद्ध, शारीरिक रुपमा अस्वस्थ भएको भन्दै यो तहको सकसमा पर्नु उचित नभएको उनको भनाइ थियो । रातारात घर घेरेर एकाबिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै उनले उक्त ...
। नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको ...