मुख्य समाचार
बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

— लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बेंसीसहरबाट मर्स्याङ्दी–७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप अपराह्न साढे ४ बजेतिर उकालोको घुमाउरो सडकबाट करिब ४०–५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो । उनीहरूलाई उपचारका क्रममा बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घाइतेमध्ये उस्ताकै ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रिता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई चितवन मेडिकल कलेजमा रिफर गरिएको छ ।

अन्य घाइतेमध्ये ६२ वर्षीय सन्तबहादुर घर्ती, २९ वर्षीय चालक करण अधिकारी, ४८ वर्षीय रुद्रमान घले, १० वर्षीया प्रिशिका गुरुङ र ३८ वर्षीय सोमलाल तामाङको अवस्था मध्यम रहेको छ ।

यस्तै ३१ वर्षीय प्रकाश गुरुङ, १४ वर्षीय विमान घले, ९ वर्षीय इन्द्र घले र ११ वर्षीय रितेश गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचार बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राप्ती गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालिकासहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान राप्ती गाउँपालिका–२ निवासी १६ बर्षीय आयुष्मान थापा मगर शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भई गम्भीर घाइते अवस्थामा फेला परेका ...
— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताएका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै उनले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताए । कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का ...
— श्रम संस्कृति पार्टीको गोरखा जिल्ला संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको भेलाले गण्डकी गाउँपालिकाका गुरुङको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जिल्ला सह–संयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सह–सचिवमा निर्मल परियार र लालबहादुर गुरुङ, कोषाध्यक्षमा रुपबहादुर गुरुङ, सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ छानिएका छन् । त्यस्तै सदस्यमा प्रेम गुरुङ, एलिजा गुरुङ, ...
: मोरङको उर्लाबारीमा प्रहरीले छापा हानेर ठूलो मात्रामा प्रतिबन्धित औषधि तथा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले शुक्रबार दिउँसो हजारौं ट्याब्लेट प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जना कारोबारीलाई पक्राउ गरेको हो । यस घटनाले उर्लाबारी क्षेत्र लागुऔषध कारोबारको संवेदनशील केन्द्र बन्दै गएको देखाउँछ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–३ थापा ...
: नेपालभित्रै रहेका लाखौं नागरिक मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै कर्णालीका युवाहरूले जहाँ नागरिक छन्, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था लागू गर्न माग गरेका छन् । कर्णालीका सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने अगुवा युवा समूहले शुक्रबार निर्वाचन आयोग नेपालमा विस्तृत ज्ञापनपत्र पेश गर्दै निर्वाचन प्रणालीमा सुधारको माग गरेका हुन् । उक्त समूहले नेपालको निर्वाचन प्रणालीमा ...