— श्रम संस्कृति पार्टीको गोरखा जिल्ला संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् ।
शनिबार गोरखा सदरमुकाममा भएको भेलाले गण्डकी गाउँपालिकाका गुरुङको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जिल्ला सह–संयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सह–सचिवमा निर्मल परियार र लालबहादुर गुरुङ, कोषाध्यक्षमा रुपबहादुर गुरुङ, सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ छानिएका छन् ।
त्यस्तै सदस्यमा प्रेम गुरुङ, एलिजा गुरुङ, विकास गुरुङ, सुवास गैरे, प्रमिला थापा मगर, मनु गुरुङ, भेघराज गुरुङ र राम घले चयन भएका छन् ।
हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गोरखामा जिल्ला भेला गरेर जिल्ला कार्यसमिति गठन गरेको हो ।