मुख्य समाचार
यूएईमा घाइते ६ नेपाली डिस्चार्ज
यूएईमा घाइते ६ नेपाली डिस्चार्ज

— यूएईको अबुधाबीस्थित अब्जान क्षेत्रमा इरानी मिसाइललाई निस्तेज बनाउँदा खसेको टुक्राबाट घाइते ६ नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भीर अवस्थामा रहेका एक जना पनि खतरामुक्त छन् ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार ६ जना घाइते नेपालीको उपचारपछि डिस्चार्ज गरिएको हो । गम्भीर घाइते एक जनाको भने अस्पतालमै उपचार भइरहेको छ ।

दूतावासले घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै चार जनासँग प्रत्यक्ष भेटेर अवस्थाबारे जानकारी लिएको जनाएको छ । आवश्यक सहयोग र समन्वयका लागि निरन्तर पहल भइरहेको दूतावासको भनाइ छ ।

घाइतेहरूको उपचार संयुक्त अरब इमिरेट्स सरकारको समन्वयमा भइरहेको छ । उपचाररत व्यक्तिको अवस्था सुधार हुँदै गएको र छिट्टै डिस्चार्ज हुन सक्ने सम्भावना रहेको पनि दूतावासले उल्लेख गरेको छ ।

यसैबीच, दूतावासले संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ । आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न र सतर्क रहन पनि अनुरोध गरिएको छ ।

इरानबाट आएको मिसाइल र ड्रोनलाई निस्तेज बनाउने क्रममा टुक्राहरू खसेर उक्त घटना भएको थियो ।


यूएईको रक्षा मन्त्रालयका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका १८ वटा ब्यालिस्टिक मिसाइल, ४ वटा क्रुज मिसाइल र ४७ वटा ड्रोनलाई निस्तेज बनाइएको थियो । २८ फेब्रुअरीदेखि सुरु भएको युद्धयता यूएईले कुल ४७५ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २,०८५ ड्रोनमा अवरोध गरिसकेको जनाएको छ ।

युद्ध सुरु भएयता यूएईमा हालसम्म २०३ जना घाइते भएका छन् । तीमध्ये विभिन्न देशका नागरिक रहेका छन्, जसमा नेपालका नागरिक पनि छन् । यस अवधिमा २ जना सैनिकसहित विभिन्न देशका ८ जनाको ज्यान गइसकेको छ । जसमा एकजना नेपाली समेत परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...