— पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता गरेर काम नगर्ने विभिन्न २६ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ । सम्झौता अनुसार बाँकी रहेको काम सम्पन्न हुने आधार खुलाएर स्पष्टीकरण नबुझाए बैंक जमानत जफत गरी कारबाही प्रक्रिया बढाउने चेतवनी समेत उल्लेख गरिएको छ ।
सम्झौता बमोजिम हालसम्म निर्माण कार्य सुरु नभएको, वर्षा तथा आर्थिक वर्षको अन्त्यमा हुने काम गुणस्तरीय नहुने, अधुरो हुने, विनियोजित बजेट फ्रिज भएर जाने र आम उपभोक्ता तथा जनताले सास्ती भोग्नु पर्ने भएकाले ७ दिन भित्र के कारणले निर्माणका काम सुरु नभएको भन्ने खुलाई स्पष्टीकरण दिन पत्राचार गरिएको छ । स्पष्टीकरणमा सम्झौता अनुसारको काम सम्पन्न हुने आधार सहित खुलाएर बुझाउनु पर्ने पत्रमा उल्लेख गरिएको छ । यदी संझौता अनुसारको प्रगति नभएमा बैंक जमानत जफत गरी कारबाही गर्ने समेत पत्रमा खुलाइएको छ ।
पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार २०८२ माघको दोश्रो र तेश्रो सातामा संझौता गरी अहिलेसम्म कामको प्रगति नदेखिएका २६ योजनाका निर्माण कम्पनीहरूलाई बिहीबार पत्राचार गरिएको हो । ‘गत माघमा सझौता भएको तर काम नगरेका २६ निर्माण कम्पनीहरूलाई चैत १९ गते पत्राचार गरिएको छ’ दाहालले भने, ‘अटेर गरे धरौटी जफतको प्रक्रिया अघि बढाएर कालो सूचीमा राखेर कारबाही सुरु हुन्छ ।’
यसअन्तरगत कुहिभीर खाप्तिङ लिकुवा सडक स्तरोन्नतीको ठेक्का लिने उनन निर्माण सेवा उदयपुर, दिप्रुङ चुइचुम्मा वडा कार्यालयदेखि याम्खा हुदै लाहरे पैयु सडक स्तरोन्नतिको ठेक्का लिने विश्वशिखर निर्माण सेवा उदयपुर, धाप्लाङ धर्तुङ चिसापानी सडक कालोपत्रे योजनाको ठेक्का लिने अर्जुन पोइन्ट इन्जियरिङ डेभलोपरर्स प्राइभेट लिमिटेड काठमाडौंलाई पत्राचार गरिएको छ ।
त्यस्तै थ्रीस्टार हाइड्रोपावरदेखि खामडाडाँ हुँदै रिखुवा सडक स्तरोन्नतिको कामको ठेक्का लिने राइट ब्रोदर आर.डी.टी प्वइन्ट मेन्चर, पोखरे जमुने साागुटार सडक स्तरोन्नति दिप्रुङ चुइचुम्माको ठेक्का लिने इमो बिल्डर्स प्राइभेट लिमिटेड, पञ्चमी पाण्डेगाउँ मान्दत्त पुावरगाउँ सडक स्तरोन्नति दिप्रुङ चुइचुम्माको ठेक्का लिने शिलन्यास इन्जिनियरिङ एन्ड कन्सल्टेण्ड प्राइभेट लिमिटेड धादिङलाई पत्राचार गरिएको छ ।
बडका मिलन चौकदेखि सावाकटहरे वाप्लुखा हुदै लिकुवापोखरी जन्तेढुङ पालिका केन्द्र जोड्ने सडकको ठेक्का लिने शान्तिभूमि कन्स्ट्रक्सन प्रालि खोटाङ, दिखुवा खोला मोटरेबल पुल निर्माणको ठेक्का लिने अन्शुबी–नेपाल फूलबारी–पिङ्गला जेभी खोटाङ, अल्छेढुङ्गा नेर्पा दुम्ली हुदै साकेला गाउापालिका जोड्ने सडक स्तरोन्नतिको ठेक्का लिने एस.आर, कन्स्ट्रक्सन खोटाङलाई ताकेता गरिएको छ ।
त्यसैगरी छिमाहा काहुले बुवाखोला हुँदै बोपुङ जाने सडक स्तरोन्नतिको ठेक्का लिने अर्जुन प्वाइन्ट इन्जिनियरिङ डेभलपमेन्ट प्रालि काठमाडौं, याम्खा छविलालचौकदेखि दियु दिलैची हुँदै साकेला गाउापालिका जोड्ने सडकको काम जिम्मा लिने विश्वशिखर निर्माण सेवा उदयपुर, प्रहरी चौकी सिम्पानी भवन निर्माणको ठेक्का लिने निर्मा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि खोटाङ, पत्करु सुम्दे सडक निर्माणको ठेक्का लिने रानासाम्पाङ कन्स्ट्रक्सन प्रालिलाई पनि पत्राचार गरिएको छ ।
फेदी धुद्रे भोजपुर सडक स्तरोन्नतिको ठेक्का लिने भीषणहाङ कन्स्ट्रक्सन प्रालि भोजपुर, गणेशमान स्मृति भवन निर्माण खोटेहाङ–७ को ठेक्का लिने बाराहापोखरी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौं, दिप्लुङ बारापोखरी सडक स्तरोन्नति ठेक्का लिने पाथीभरा निर्माण सेवा उदयपुरलाई समेत ताकेता गरिएको दाहालले सुनाए ।
त्यस्तै डाडाँखर्क कात्तिके सडक स्तरोन्नति बारापोखरी–१ को ठेक्का लिने पाथीभरा निर्माण सेवा उदयपुर, बाघखोर भन्ज्याङ काहुले हुदै वडा कार्यालय जाने सडक स्तरोन्नतिको ठेक्का लिने धनसुना कन्स्ट्रक्सन, बालिका फापरबारी सिरुवानी सडक स्तरोन्नतिको ठेक्का लिने बी एण्ड बी निर्माण सेवा उदयपुरलाई पत्रचार गरिएको छ ।
बुवाखोला मैनटार हुदै बोपुङ आमचौक गाउँपालिका जोड्ने सडक स्तरोन्नतिको ठेक्का लिने उनन निर्माण सेवा उदयपुर, एवला मुक्ताङ बयुखोला बङ्सिलाघाट सडक निर्माणको ठेक्का लिने बी एन्ड बी निर्माण सेवा उदयपुर, सुरुङ्खले डुम्ह हुँदै बडकादियाले कुलाभन्ज्याङ सडकको ठेक्का लिने शान्तिभूमि कन्स्ट्रक्सन प्रालि खोटाङलाई पनि ताकेता गरिएको छ ।
दिक्तेल अस्पतालचौकदेखि साप्सुखोला सडक योजनाको ठेक्का लिने खोक्चिलिपा–साल्मे आर.डी.टी.जेभी खोटाङ, बास्पानी खकलुङ–साम्फेलुङ सांस्कृतिक मुन्दुम पार्क स्तरोन्नतिको ठेक्का लिने डी.जी निर्माण सेवा खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका बुइखुवा खमारे मोहरिया रातमाटा खानीडाडाँ विमानस्थल जोड्ने सडक र चिप्रिङ सिम्पानी सडक स्तरोन्नतिको ठेक्का लिने डी.बी कन्स्ट्रक्सन उदयपुरलाई ७ दिनभित्र प्रगति पेश गर्न पत्रचार गरिएको हो ।