: गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले अनिश्चितकालीन गौशाला बजार बन्दको घोषणा गरिएको छ । बजारको अतिक्रमित जग्गामुक्त गर्ने क्रममा भेदभावपूर्ण गतिविधि गरिएकोले वडाअध्यक्ष गुप्ताले सार्वजनिक रुपमै गौशाला बजार बन्द अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।
उनले भने, ‘बजारभित्रको अतिक्रमित संरचना खाली गर्ने क्रममा भेदभावपूर्ण गतिविधि भएको हो । अग्रिम रुपमा दिइएको सूचनाको प्रत्यक्ष रुपमा उल्लंघन गर्दै स्थानीय अभियानीहरुले व्यक्तिगत संरचनामा क्षति पुर्याएका हुन् । असन्तुष्ट व्यापारी अनि व्यवसायीको माग सम्बोधन नभएसम्म बजार गरिएको हो ।’ शनिबार गौशाला नगरपालिकाको कार्यालय र गौशालाका युवाहरुको समूहले व्यक्तिगत सम्पतिमा पूर्णरुपमा क्षति पुर्याएको हो ।