मुख्य समाचार
कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने
कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने

: कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ।


सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा नेपालका विभागीसहित अन्य र भारतका गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टोलीतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड र सम्राट स्पोर्टिङ क्लब छन् भने भारतबाट अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछ। चैत २८ गतेको उद्घाटन खेलमा आर्मी र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।



२०७१ सालमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि जितेको स्मरण अझै ताजा रहेकाले उद्घाटन खेललाई विशेष रूपमा हेरिएको छ। विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको बताए। ‘हामीले पूर्वाधार, सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई व्यवस्थित बनाएका छौं,’ उनले भने, ‘यसपटकको प्रतियोगिता अझ व्यवस्थित र आकर्षक बनाउने लक्ष्य राखेका छौं।’

लामाले विराट गोल्डकपको ऐतिहासिक महत्व उल्लेख गर्दै सबैलाई सहयोगका लागि आह्वान गरे। ‘विराट गोल्डकप विराटनगरको पहिचानसँग जोडिएको प्रतियोगिता हो,’ लामाले भने, ‘यसलाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, प्रायोजक र सबै सरोकारवालाको साथ आवश्यक छ।’

गत वर्षको संस्करणमा चर्च ब्वाईज युनाइटेडलाई २–० ले हराउँदै थ्रीस्टार क्लबले उपाधि जितेको थियो। तर, साविक विजेता यस वर्ष प्रतियोगितामा सहभागी नहुने भएको छ। ट्रष्टका महासचिव बस्नेतका अनुसार यस वर्ष विजेता टिमले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा अन्य विधागततर्फ जनही २१ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिने बस्नेतले बताए।

२०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’को नामबाट सुरु भएको यस प्रतियोगिताले समय एवं मुलुकको राजनीतिक उथलपुथल सँगै नाम र स्वरूप परिवर्तन गरेको हो। यसलाई २०६७ सालपछि ‘विराट गोल्डकप’का रूपमा पुनःब्रान्डिङ गरेर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो। महेन्द्र गोल्डकपदेखि आगामी विराट गोल्डकप हुँदा प्रतियोगिताको ३८ औं संस्करण सम्पन्न हुनेछ।
यस प्रतियोगिताले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको आयोजकको भनाइ छ। आयोजकका अनुसार यसपटक पनि रात्रिकालीन प्रतिस्पर्धाले दर्शकलाई आनन्द प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम