मुख्य समाचार
‘वृद्धभत्ता दिने उमेर ७५ वर्ष पुर्‍याउने विषयमा छलफल नै भएको छैन'
‘वृद्धभत्ता दिने उमेर ७५ वर्ष पुर्‍याउने विषयमा छलफल नै भएको छैन'

— सामाजिक सुरक्षाअन्तर्गत सरकारले प्रदान गर्दै आएको वृद्धभत्ता प्रदान गर्ने उमेर बढाउने विषय यतिबेला चर्चामा छ ।

सरकारले गठन गरेको ‘सुशासन मार्गचित्र समिति’ले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस गरेपछि यसबारे सामाजिक सञ्जालदेखि सरोकारवालाको चासो बढेको हो ।

हाल एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्ष र अन्यलाई ७० वर्षमा वृद्धभत्ता दिइँदै आएको छ । समितिले तयार पारेको प्रतिवेदनमा सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यले उमेर हद बढाउनुपर्ने सुझाव दिएको छ । तर, सरकारी निकायहरूले यो विषयमा कुनै छलफल नभएको बताएका छन् ।

समितिको सिफारिसलाई कुनै छलफलको तहमा नपुर्‍याईको अर्थ मन्त्रालयका प्रवत्ता टंकप्रसाद पाण्डयले बताए । उनले भने, ‘सुझाव आ–आफ्ना आइरहेका छन् यसमा कुनै छलफल भएको छैन । बिस्तारै छलफल होला बजेट बनाउने टाइम पनि छ ।’

राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता दिवाकर लुइँटेलले अनौपचारिक रुपमा सिफारिस आएको बताए । उनले औपचारिक रुपमा कुनै जानकारी नआएको प्रष्टाए । उनले भने ‘अनौपचारिक रुपमा आएको छ । आयोगमा औपचारिक रुपमा केहि पनि आएको छैन ।'

१०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता ४ हजारसम्म

आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत सरकारले ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम लागु गर्‍यो । त्यसबेला ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपश्चात क्रमशः बढ्दै गएको वृद्धभत्ता हाल मासिक ४ हजारसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...