— एमालेले अभिव्यक्ति दिएको आधारमा नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको साइबर आक्रमणको विरोध गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले साइबर आक्रमण गर्नेप्रति कानुनी उपचार गर्न आहृवान गरेको छ ।
‘नेकपा (एमाले) नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु, विशेषगरी महिला दिदीबहिनीहरुविरुद्ध भइरहेको लगातारको साइबर आक्रमणको घोर निन्दा एवम् भर्त्सना गरेको छ । साथै नियोजित आक्रमणको विरुद्ध कडारुपमा प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन समस्त पार्टीपंक्तिलाई आहृवान गरेको छ,’ एमालेको निर्णयमा भनिएको छ, ‘त्यसैगरी, साइबर आक्रमणमा संलग्नहरुलाई कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’
एमाले आन्दोलनमा सहभागी भएकी एक किशोरीलाई सामाजिक सञ्जालबाट प्रहार भएको थियो ।