: जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कैलालीमा २५ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-६ सिमलटारमा गए राति प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५ सय रुपैयाँ, ८ बुक तास र २८ थान कौडासहित पक्राउ गरेको हो।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-४ मा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।