मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी १ वैशाखदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी १ वैशाखदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी

— काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी १ वैशाखदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी गरेको छ ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।

थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी २ रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने कामपाले जानकारी दिएको छ ।

'बेलुका ८:०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्याको समाधान गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ,' कामपाकी कार्यवाहक प्रमुख सुनिता डंगोल भनिन्, 'सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसको केही हदसम्म समाधान हुने विश्वास छ ।' उनले यसअघि रातिको समयमा किशोरी र महिलाले दुर्व्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गरे ।

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको डंगोलले जानकारी दिइन् । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगर तयार रहेको उनले बताए । सेवा प्रारम्भ गर्दा साँझ ८:०० बजेदेखि राति ११:०० बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालभित्रै रहेका लाखौं नागरिक मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै कर्णालीका युवाहरूले जहाँ नागरिक छन्, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था लागू गर्न माग गरेका छन् । कर्णालीका सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने अगुवा युवा समूहले शुक्रबार निर्वाचन आयोग नेपालमा विस्तृत ज्ञापनपत्र पेश गर्दै निर्वाचन प्रणालीमा सुधारको माग गरेका हुन् । उक्त समूहले नेपालको निर्वाचन प्रणालीमा ...
— लागुऔषध तथा विस्फोटक पदार्थ खोजी गर्ने विशेषज्ञ तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले आकस्मिक जाँच गर्दा स्रोत नखुलेको रकम र लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । टोलीले सीमा नाका यशोधारा गाउँपालिकास्थित मर्यादपुर बजारका दुई फरक स्थानबाट स्रोत नखुलेको ८ लाख र भारतीय रुपैयाँ एक लाखसहित ३ जना तथा लागुऔषधसहित एक जना पक्राउ परेका ...
: अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्न पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ...
— श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको छ । योभन्दा बढी सेवा शुल्क लिएमा सरकारले कारबाही गर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले शनिबार एक भिडियो सन्देश जारी गर्दै यो नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको सन्देश ...
: सरकारी विज्ञापन तथा सूचना निजी सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्न प्रतिबन्ध लगाइएको कदमलाई नेपाल पत्रकार महासंघले असंवैधानिक संज्ञा दिएको छ। शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित सरोकारवालाहरूको भेलामा महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको यो कदमले संविधानको उल्लंघनका साथै स्थानीय तथा प्रदेश सरकारको हकसमेत हनन गरेको बताइन्। महासंघले विज्ञापन रोक्नेसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्र फिर्ता गर्न ...